नुवाकोट । जिल्लाको किस्पाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं पठाउने तयारी गरिएको छ भने बाँकीलाई जिल्ला अस्पताल, त्रिशुली पठाइएको छ ।
भाल्चेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको केरुङ यातायातको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ कार्तिक २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते