नुवाकोट । जिल्लाको किस्पाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं पठाउने तयारी गरिएको छ भने बाँकीलाई जिल्ला अस्पताल, त्रिशुली पठाइएको छ ।
भाल्चेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको केरुङ यातायातको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ कार्तिक २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु