काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ घोषित भएका छन् । आइसिसीका अनुसार उनी सेप्टेम्बर महिनाका उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गत साता सार्वजनिक गरेको सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयनमा सन्दीपसहित तीन खेलाडी परेका थिए।
मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकाका ब्याट्सम्यान जस्करण मल्होत्रा परेका थिए। भोटिङका आधारमा सन्दीप उत्कृष्ट खेलाडी घोषित भएका हुन् । महिलातर्फ इंग्ल्यान्डकी कप्तान हेदर नाइट उत्कृष्ट खेलाडी बनेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा