मान्छेको ज्यान लिने पासो महँगोमा बिक्ने भन्दै महिलाको हत्या, तीनजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १२ : ४७
मान्छेको ज्यान लिने पासो महँगोमा बिक्ने भन्दै महिलाको हत्या, तीनजना पक्राउ

काठमाडौं । पासो लागेको डोरी महँगोमा बिक्री हुने भन्दै तीन युवाले एक महिलाको हत्या गरेका छन्। तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

‘यस्तो डोरी मूल्यवान हुने र महँगोमा बेच्न पाउने भन्दै हत्या भएको देखिन्छ’ महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पङ्गेनीले भने, ‘अन्धविश्वासले हत्यासम्मको स्थिति बनाएको देखियो।’ 

भदौ २५ गते बिहान प्रहरीले बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको थियो। घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको थियो।

डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीको दावी छ। प्रहरीले आज अभियुक्तहरु २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगरलाई सार्वजनिक गरेको हो। 

प्रतिक्रिया दिनुहोस