काठमाडौँ । इक्वेडरको एउटा जेलमा कैदीबन्दी र प्रतिद्वन्दी गिरोहबीच भएको झडपमा परी कम्तीमा पनि १०० जनाभन्दा बढीको मृत्यु भएको छ ।इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। सयभन्दा धेरैले ज्यान गुमाएको र यो संख्या अर्झ बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् ।
मंगलबार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको छ । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रेनेड समेत फ्याकेका थिए।
विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्षबीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो ।उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो ।
लागू औषध तस्करी सम्बन्धी शक्तिशाली म्याक्सिकन गिरोह इक्वेडरबाट संचालित रहेको जनाइएको छ । गत फेब्रुअरीमा पनि जेलभित्रै झडप हुँदा ७९ जना कैदीको मृत्यु भएको थियो ।
प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरूले अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए । त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आक्रमण गरे ।
बिबिसीका अनुसरा घटनमा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन् ।उक्त झडपपछि त्यहाँका राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ असोज २०७८, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार