नेकपा एसका अध्यक्ष माधव नेपाल अस्वस्थ

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १२ : २६
नेकपा एसका अध्यक्ष माधव नेपाल अस्वस्थ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । 

CG Developers Tansen Cement box

अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । ‘अवस्था सामान्य हो । घरमै आराम गरिरहनुभएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ ।