काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइका लागि अविलम्ब अदालतको सहयोगी (एमीकस क्युरी) पठाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएनलाई तत्काल एमीकस क्युरी पठाउन आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “सर्वोच्च बार एसोसिएन तथा नेपाल बार एसोसिएनलाई दुई÷दुई वरिष्ठ अधिवक्तालाई अदालतको सहयोगीका रुपमा उपस्थित गराइदिन अनुरोध गर्ने भन्ने उल्लेख भई यस अदालतबाट २०७८।५।२१ म अनुरोध पत्र तत् तत् एसोसिएसनबाट बुझेको देखिएको तर वरिष्ठ अधिवक्तालाई मनोनयन गरिएको पत्र मिसीलमा प्राप्त भइसकेको नदेखिँदा आज सुनुवाइ अगाडि बढाउन मिलेन ।”
आदेशमा अदालतको सहयोगीको नामावली प्राप्त भएपछि मुद्दाको गाम्भीर्यता हेरी अविलम्ब पेशी राख्न भनिएको छ । अधिवक्ता डा गणेश रेग्मीलगायतले दायर गरेको रिट निवेदनमा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गत भदौ १७ गते संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने विषयमा दायर भएको रिट निवेदनमाथिको सुनुवाइ गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादको सुनुवाइ तत्काल नगर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतले उक्त विवादको अन्तिम टुङ्गो नलागेसम्म संवैधानिक इजलासमा भएको अध्यादेशसम्बन्धी विवादको सुनुवाइ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०८ असोज २०७८, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
यातायात व्यवसायीको हड्तालविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई तोकियो पेसी
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै
निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश