गुल्मी । अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु भएको छ । मंगलबार राति सदरमुकाम रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा परि मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिए । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको थियो ।
पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएको स्थानियबासीले बताए । राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शव निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा