समाजवादी प्रेस संगठन चितवनमा तिमिल्सिनाको नेतृत्व

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १७ : ०४
समाजवादी प्रेस संगठन चितवनमा तिमिल्सिनाको नेतृत्व

चितवन । नेकपा (एकीकृत समाजवादी) निकटको पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन चितवनको आज कार्यसमिति निर्माण गरिएको छ । टीकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनेको छ । 

कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । सदस्यहरुमा शिवजी गायक, कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ र डिलकुमारी नेपाल रहेका छन् ।

त्यस्तै प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा कृष्ण पन्तलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् । 

प्रतिक्रिया दिनुहोस