तनहुँ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ पुरनचौर बस्ने २८ वर्षीय अर्जुन गौतम रहेका छन् । मृतकको शव पोस्र्टमाटमको लागि दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
शुक्रबार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक व्यास नगरपालिका–१२ स्थित मुेसेखोलामा अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा नवलपरासीका १४ वर्षीय बालक राजकुमार विक घाइते भएका छन् । उनको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु