ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १४ : ५६
ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएयीका राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।
 
सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो अवसरमा राजदूत अल–नाक्बीले मन्त्री भुसाललाई यूएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरे। 
 
जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गरीन्। उनले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताईन । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएयीमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरीन् ।

उनले कोभिड–१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको जनाउँदै मन्त्री भुसालले यूएयी सरकारप्रति धन्यवाद व्यक्त गरीन। उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरीन ।  सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो ।
 

प्रतिक्रिया दिनुहोस