काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले पुर्याइरहेको सहयोग र हालको राजनीतिक परिवेशबारे चर्चा गरिएको थियो।
अर्थमन्त्री खनालले हालको सरकार विशेष परिस्थितिमा गठन भएको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको मुख्य उद्देश्य रहेको जानकारी गराए। साथै, पुनर्निर्माण र आर्थिक–सामाजिक विकासका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा दुवै पक्षबीच निर्माणाधीन नागढुंगा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, कोटेश्वर इंटरसेक्शन सुधार आयोजना तथा सिन्धुली सडक (बाढी प्रभावित) आपतकालीन पुनर्वास कार्यक्रमलगायत विषयमा विस्तृत छलफल भएको थियो।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा पनि उपस्थित रहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने