अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फर्किए

सफल खबर संवाददाता

बुधबार, २३ भदौ २०७८, १९ : ४६
अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फर्किए

फाइल फोटो

काठमाडौँ । अफगानिस्तानबाट उद्धार भई बुधबार थप ३२ नेपाली स्वदेश फकिएएका छन् । कतार एयरको नियमित उडानबाट ३२ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

CG Developers Tansen Cement box

यससँगै हालसम्म कूल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइसकेको मन्त्रालयको भनाइ छ ।  काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपालीलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।