काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाए।
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, “उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।” उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ भदौ २०७८, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प