लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । १७ देखि १९ सेप्टेम्बरसम्म बेलायतको राजधानी लन्डनमा हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ ।
सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।
सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार, रोकथाम र व्यवस्थापनमा केन्द्रित रहनेछ ।
सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड-१९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेस गर्नेछन् । लन्डनस्थित नेपाली दूतावास भवनमा उद्घाटन हुने सम्मेलनको समापन अल्डरसटमा गर्ने स्वास्थ्य समितिले जनाएको छ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, डा. भगमान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा. सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्नेछन् ।
सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अष्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसियन युके, नेपाली डाक्टर एसोसिएसन युके, गैरआवासीय नेपाली संघ युके, नर्सिङ नेपाली एसोसिएसन युकेलगायत एक दर्जन संघ-संस्था तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।
तीन दिनसम्म चल्ले सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आ-आफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने छन् भने दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन हुने छ ।
१९ सेप्टेम्बरमा लन्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने गैरआवासीय नेपाली संघको कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जानकारी दिए । गैरआवासीय नेपाली संघको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता