काठमाडौं । भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ।
भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन्। नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो। अनुमतिबिना सदरमुकामकै आकाशमा हेलिकोप्टर उडाएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पिथौरागढ डिएम प्रशासनलाई बिहीबार लिखित पत्र पठाएर आपत्ति जनाएका थिए।
‘हाम्रो सदरमुकामकै अकाशमा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर उडेको देखेपछि पिथौरागढ डिएम प्रशासनलाई हाम्रो भूमिमा हेलिकोप्टर नउडाउनु भनेर पत्र पठाएको हुँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने। गृह मन्त्रालयमा समेत भारतीय हेलिकोप्टर उडेको जानकारी गराएको उनले बताए। अनुमतिबिना नेपाली भूभागमाथि हेलिकोप्टर उडाउन नपाइने उनले बताए। ‘ हेलिकोप्टरमा सदरमुकाममाथि उडाएर के निगरानी गर्न खोजेको हो ? उडाउन नपाउने ठाउँमा हेलिकोप्टर उडाइएको छ,’ प्रजिअ जोशीले भने, ‘अनुमति नमागी हाम्रो भूमिमा हेलिकोप्टर उडाउन पाइँदैन।’
नेपाली सेनाको गुल्मले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो। भारतको धार्चुलाबाट भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर सुरक्षा निकाय, सरकारी कार्यालय रहेको सदरमुकाममाथि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न पहल गर्ने निर्णय गरेको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ भदौ २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका नारायण बुढाथोकी बेपत्ता
दार्चुलाका शिक्षकले पाए तलब, भत्ता