काठमाडौँ । वामदेव गौतमले औपचारिक रुपमा नेकपा एमाले पार्टी छाडेका छन्। एमालेका उपाध्यक्षसमेत रहेका गौतमले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्। स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाइएको हो।
गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन् । एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका स्रोतको भनाइ छ। तर, यसलाई बामदेव गौतम स्वीकार गर्दैनन् ।
अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए। नेपालले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद स्वीकारेमा मात्रै आफू उक्त पार्टीमा आउने अडान लिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम
संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल