विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो, पुल्चोक पुगेर लिइन जानकारी

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, २० : ५९
विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्रीको चासो, पुल्चोक पुगेर लिइन जानकारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिएकी छिन् । पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उहाँले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकीे छिन् ।

सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराइन् । उनिँले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चर्जिङ स्टेशनको अवस्थाबारे बताइने । उनिले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने बताइन् ।

टेन्डर आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस आइपुग्ने जानकारी गराए । त्यस अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन्े ।