ढोरपाटन (बागलुङ) । नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएकी छन् ।
प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा गर्नु हरेक नागरिक दायित्व भएको बताइन्। जनताको चाहना र आवश्यकअनुसार राज्य सञ्चालन नगर्दा जेनजी आन्दोलन भएको बताउँदै उनले युवापुस्ताको भावनाअनुरूप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने विचार व्यक्त गरिन् ।
नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ भन्दै त्यसका लागि जिल्ला–जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको पूर्वमन्त्री भुसालले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ: पम्फा भुसाल
पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीजलाई विकृत बनायो: पम्फा भुसाल
एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक : पम्फा भुसाल
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : पम्फा भुसाल