ऊर्जामन्त्री भुसालसँग जर्मनीका राजदूतको शिष्टाचार भेट

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १६ : २९
ऊर्जामन्त्री भुसालसँग जर्मनीका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा आज भएको भेटमा उनिहरुबीच आपसी हित र चासोका विषमा छलफल भएको हो ।

सो अवसरमा कार्यबाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताए । नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए । 

चिलिमे–त्रिशुली र लेखनाथ–दमौली २२० केभी प्रशारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा राखेका थिए । त्यसैगरी संसद्मा पेश भएको विद्युत् विद्येयकबारे पनि कार्यबाहक राजदूत रुसेकले चासो व्यक्त गरेका थिए । 

जवाफमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहीआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै सामाजिक एवं आर्थिक क्षेत्रमा जर्मनी सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वैकल्पिक ऊर्जा एवं प्रशारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्दै जाने विश्वास व्यक्त व्यक्त गरे ।

सो अवसरमा मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तवरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताए । उनले भूकम्पपछिको पुनःनिर्माण एवं कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जर्मनीले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरे । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागीता थियो ।
 

प्रतिक्रिया दिनुहोस