काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने बताएका छन् । मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अगुवा कार्यकर्ता माझ बोल्दै उनले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरे ।
एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर छुट नपाउने बताउदैं उनले काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु गलत भएको औंल्याए । उनले भने–‘त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।’
‘जनताप्रति उत्तरदायी बनौँ, विवेक पु¥याएर, संयम भएर, धैर्यका साथ बोल्नुपर्छ,’ उनले भने, ‘रिस उठ्यो भन्दैमा जे मन लाग्यो त्यो गर्नु हुँदैन । जिम्मेवार मान्छेले जिम्मेवार व्यवहार गर्नुपर्छ । व्यवहार र बोलीवचन जिम्मेवार हुनुपर्छ ।’
घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताले मन नपराउने पनि उनले प्रस्ट पारे । विकास निर्माणको काम कसले कसरी गर्छ भन्ने हेरेर नै जनताले आउने चुनावमा फैसला गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव