काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न विभाग हेर्ने अधिकारीहरुको जिम्मेवार हेरफेर भएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै खोप शाखा प्रमुखमा सागर दाहाललाई ल्याइएको छ भने त्यहाँबाट डा. झलक शर्मालाई हटाइएको छ । शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको जनाइएको छ ।
सार्क क्षयरोग केन्द्रका निर्देशक विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा पठाइएको छ । महाशाखाका निर्देशक तारा पोख्रेललाई लालको ठाउँमा पठाइएको छ ।
क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ । उनको ठाउँमा प्रकाश शाहलाई ल्याइएको छ ।
भरतपुर अस्पताल प्रमुखमा कृष्ण पौडेललाई नियुक्त भएका छन् । सो अस्पतालका रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन