काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका कर्मचारी व्यवस्थापनअन्तर्गत सरुवा, पदस्थापन तथा काज फिर्तासम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको छ ।
मन्त्री निशा मेहताको निर्णयअनुसार मन्त्रालयका प्रमुख महाशाखाहरूमा नेतृत्व परिवर्तन गरिएको हो । सो क्रममा यशोदा अर्याल, डा. रोशन न्यौपाने र डा. गुणनिधि शर्मालाई महाशाखा प्रमुखको जिम्मेवारीमा ल्याइएको छ । यद्यपि, उनीहरूलाई कुन–कुन महाशाखा सम्हाल्ने भन्ने विषय औपचारिक रूपमा निर्धारण हुन बाँकी रहेको जनाइएको छ ।
यससँगै मन्त्रालयमा कार्यरत केही वरिष्ठ चिकित्सकहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा काज फिर्ता गरिएको छ । नीति तथा योजना महाशाखाबाट डा. चुमनलाल दासलाई नारायणी अस्पताल पठाइएको छ भने स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य रोग प्रयोगशालामा खटाइएको छ ।
त्यसैगरी गुणस्तर मापन तथा निरीक्षण महाशाखाबाट डा. सरोज शर्मालाई वीर अस्पतालमै फिर्ता गरिएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई पनि गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ । तथापि, हाल कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकाले उनीलाई अस्थायी रूपमा बोर्डमै रहेर काम गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्दै यस्ता निर्णयहरू अघि बढाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता
वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह