काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् ।
सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् ।
उद्धार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि जनाइएको छ । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् ।
यता परराष्ट्र मन्त्रालयले भने उद्धारको पर्खाइमा रहेका नेपालीलाई ल्याउन पहल भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले ६ दिनदेखि विभिन्न मित्र राष्ट्र र विदेशी नियोगसँग समन्वय गरेको जनाएको छ ।
अफगानिस्तानमा कति नेपाली उद्धारको पर्खाइमा छन् भन्ने पूरै विवरण अझै आइसकेको छैन । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार आइतबार साँझसम्म ३ सय ५६ जना नेपालीहरूले उद्धारका लागि आफ्नो विवरण दर्ता गराएका छन् ।
ती नेपालीको उद्धार कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै पहल थाल्न सकेको छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ भदौ २०७८, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु