काठमाडौं । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।
बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ ।
कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ भदौ २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह