चितवन । देशभरका ६ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम रहेको छ । महालेखा परीक्षकको कार्यालयले २०७६ र ७७ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै नेपालका छवटा महानगरमध्ये भरतपुर महानगरको बेरूजु प्रतिशत सबैभन्दा कम २.०२ प्रतिशतमात्र रहेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले ६ वटा महानगरपालिका मध्ये भरतपुरको बेरुजु सबैभन्दा कम आएको बताइन् । उनले बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताइन्। उनका अनुसार कुल बेरुजुमध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको छ। अन्तिम लेखा परीक्षण हुँदासम्म बेरुजु शुन्यमा झर्ने उनको भनाइ छ ।
महानगरमध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरपालिकाको छ । काठमाडौँको ११.८६ प्रतिशत छ । यस्तै वीरगंज महानगरपालिकाको बेरुजु ८.२६ प्रतिशत छ । यसैगरी पोखरा महानगरपालिकाको बेरुजु ७.४२ प्रतिशत रहेको छ । ललितपुर महानगरपालिकाको बेरुजु ७.२२ प्रतिशत बेरुजु रहेको छ । विराटनगर महानगरपालिकाको बेरुजु ३.४१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१