चितवन । देशभरका ६ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम रहेको छ । महालेखा परीक्षकको कार्यालयले २०७६ र ७७ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै नेपालका छवटा महानगरमध्ये भरतपुर महानगरको बेरूजु प्रतिशत सबैभन्दा कम २.०२ प्रतिशतमात्र रहेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले ६ वटा महानगरपालिका मध्ये भरतपुरको बेरुजु सबैभन्दा कम आएको बताइन् । उनले बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताइन्। उनका अनुसार कुल बेरुजुमध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको छ। अन्तिम लेखा परीक्षण हुँदासम्म बेरुजु शुन्यमा झर्ने उनको भनाइ छ ।
महानगरमध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरपालिकाको छ । काठमाडौँको ११.८६ प्रतिशत छ । यस्तै वीरगंज महानगरपालिकाको बेरुजु ८.२६ प्रतिशत छ । यसैगरी पोखरा महानगरपालिकाको बेरुजु ७.४२ प्रतिशत रहेको छ । ललितपुर महानगरपालिकाको बेरुजु ७.२२ प्रतिशत बेरुजु रहेको छ । विराटनगर महानगरपालिकाको बेरुजु ३.४१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ भदौ २०७८, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
भरतपुर महानगर लगातार तीन वर्ष उत्कृष्ट
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौँ महानगरको पत्राचार