रास्वपाको बन्दसत्र सकियो

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०८३, २० : २३
रास्वपाको बन्दसत्र सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा ढिलो गरी सुरु भएको बन्दसत्र छिट्टै सकिएको छ । दिउसो साढे तीन बजे सुरु भएको बन्दसत्र बेलुकी सवा सात बजे समापन भएको हो ।

बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । उनको प्रतिवेदन हलले पारित भएको छ । यस्तै महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गरे ।

बन्दसत्रमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित भएका थिए । बन्दसत्र सकिएपश्चात् उनले सभापति रवि लामिछानेलाई अंकमाल गरेर रमाइलो माहोल सिर्जना गरेका थिए ।

बन्दसत्र सकिएलगत्तै रविले पुन पार्टी सभापति बन्न उम्मेदवारी दर्ता गराएका छन् । बालेन उनको प्रस्तावक बनेका छन् । अरू कसैको उम्मेदवारी नपरेमा रवि निर्विरोध सभापति बन्ने छन् । भोलि केन्द्रीय सदस्यको चुनाव हुने छ । त्यसपश्चात पदाधिकारीको चुनाव हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस