‘२० युनिट खपत गर्नेलाई निःशुल्क विद्युत् डेढ महिनाभित्र कार्यान्वयन’

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, २० : ०१
‘२० युनिट खपत गर्नेलाई निःशुल्क विद्युत् डेढ महिनाभित्र कार्यान्वयन’

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २० युनिट विद्युत खपत गर्ने नागरिकले निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय छिटै कार्यान्वयनमा आउने बताएकी छन् । उनले यस्तो निर्णय ढेड महिना भित्र कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिनापछि कार्यान्वयनमा ल्याईछाड्ने प्रतिवद्धता जनाएकी हुन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि विद्युत प्राधिकरणसँग आफूहरुले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै अव विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस