काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । उनलाई सरकारले सोमबारको मन्त्रीपरिषद् बैठकबाट कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नियुक्तिलाई सरकारले गुपचुप राखेको थियो । मंगलबार घिसिङले उर्जा मन्त्रालय पुगेर नियुक्तिपत्र बुझिसकेका छन् । उनले आजै पदबहाली गर्न लागेका छन् । म आजै पदबहाली गर्दैछु, घिसिङले भने ।
यस अगाडी कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने अहिले खाईपाई आएको सुविधा अनुसार उर्जा आयोगमा पठाउने निर्णय सरकारले गरेको छ । उनले मंगलबार नै प्राधिकरणबाट बिदा लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'