काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा नगएको बताएका छन्।
काठमाडौंमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री र जेनजी प्रतिनिधिको आग्रहलाई स्वीकारेर सरकारमा गएको बताए।
उनले भने, ‘सङ्कटको बेलामा जिम्मेवारी लिएर मैले तीन महिनामा डेलिभरी दिए, चुनावको वातावरण बनाएर बाहिर आएका छौँ। मैले चुनाव गर्न बनेको सरकार आउँदिन पनि भनेको थिएँ, तर प्रधानमन्त्रीले चुनावको बेलामा जानुस् भन्नुभएको थियो। अहिले धेरैले भगौडा मन्त्री भनेर लेख्छन्, छोटो समयमा देशलाई डेलिभरी दिएर सरकारबाट बाहिर आएको हुँ।’
उनले आगामी सरकारबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लक्ष्यका साथ आफू अघि बढेको बताए। उनले आफूले च्यालेन्ज गरेर नै सरकारमा गएर डेलिभरी दिएको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ फागुन २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्यालो नेपाल पार्टी अन्य दलसँग विलय हुँदैन : कुलमान घिसिङ
इन्डक्सन चलाउँदा ट्रान्सफर्मर पड्किन्छ भन्नु प्राविधिक यथार्थ विपरीत : घिसिङ
बालेनलाई बधाई दिँदै कुलमानले भने- रचनात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ