इनरुवा । सुनसरीको धरान–२ स्थित घण्टाघरको पछाडि गए राति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो ।
आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
आगलागीमा परेर खुसी मगरको कस्मेटिक तथा रेडिमेड कपडा पसल, मनिता साहको रेडिमेड कपडा पसल, सति राईको कस्मेटिक तथा रेडिमेड कपडा पसल, कोपिला श्रेष्ठको कस्मेटिक तथा रेडिमेड कपडा पसल र विनय लिम्बूको होटल पूर्णरूपले जलेर नष्ट भएको छ । आगलागीका कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ साउन २०७८, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि