इनरुवा । सुनसरीको धरान–२ स्थित घण्टाघरको पछाडि गए राति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो ।
आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
आगलागीमा परेर खुसी मगरको कस्मेटिक तथा रेडिमेड कपडा पसल, मनिता साहको रेडिमेड कपडा पसल, सति राईको कस्मेटिक तथा रेडिमेड कपडा पसल, कोपिला श्रेष्ठको कस्मेटिक तथा रेडिमेड कपडा पसल र विनय लिम्बूको होटल पूर्णरूपले जलेर नष्ट भएको छ । आगलागीका कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ साउन २०७८, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी