प्रधानमन्त्री देउवालाई कार्यदलले बुझाए सरकारको न्यूनतम साझा कार्यक्रम

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, ११ : ५५
प्रधानमन्त्री देउवालाई कार्यदलले बुझाए सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाडौं । सरकारको साझा नीति तथा कार्यक्रम बनाउन सत्ता गठबन्धन दलले बनाएको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रम बुझाएको छ । 

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ ।

यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने पनि न्यूनतम साझा कार्यक्रममा जनाइएको छ ।

राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने पनि रहेको कार्यदलका एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस