काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ । बिहान ११ बजे शुरु हुने बैठक बुद्धनगरस्थित एक ब्यांक्वेटमा बस्ने भएको छ ।
पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएको नेपाल निकट एक नेताले बताए । ‘पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गरिन्छ’, एमाले पार्टी सचिव शेरबहादुर तामाङद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ।
एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन्। तर एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन्। दुवै समूह लचक नभएपछि एकता हुन नसकेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव