काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ । बिहान ११ बजे शुरु हुने बैठक बुद्धनगरस्थित एक ब्यांक्वेटमा बस्ने भएको छ ।
पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएको नेपाल निकट एक नेताले बताए । ‘पटक पटक एमालेको नामबाट अनाधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गरिन्छ’, एमाले पार्टी सचिव शेरबहादुर तामाङद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ।
एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन्। तर एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन्। दुवै समूह लचक नभएपछि एकता हुन नसकेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल