काठमाडौं । इजरायलमा रोजगारीका लागि पठाइदिने बताउँदै आवेदकसँग रकम माग गरिएको घटना सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता अनाधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने भएको छ ।
इजरायलको रोजगारीका लागि छनोट प्रक्रियामा व्यक्ति तथा निजी क्षेत्रले समेत सम्झौता गरेको जनाउँदै अनधिकृत समूहले आवेदकबाट रकम असुल्न थालेपछि विभागले कारबाही गर्ने भएको हो ।
विभागले इजरायलको रोजगारीका लागि दुई सरकारबीच सम्झौता भई निजी क्षेत्रको संलग्नता नरहने जनाउँदै आइरहेका बेला व्यक्ति र समूहले रकम उठाएको विभागको भनाइ छ ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायलमा केयरगिभर छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनी आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको विषयप्रति विभाग संवेदनशील भएको बताए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २१ साउन २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का