क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउँछु : पारस खड्का

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, २० : १८

काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट संन्यास लिएको बताएका छन् । उनले आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै पारसले  भने, ‘क्रिकेटबाट टाढिएको छैन अब क्रिकेट व्यवस्थापनमा लाग्नेछु, यसमा सफल भए राजनीतिमा आउनेछु । 

उनले आफूले उपयुक्त समयमा संन्यास लिएको बताउँदै अगाडि भने, ‘संन्यासको विषयमा मैले धेरैचोटी सोचेर नै लिएको हो । यो डिसिजन मैले कसैसँग सोधेर लिएको हैन । मेरो आफ्नै निर्णय हो ।’ पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौति सामना गर्न क्रिकेट सँग सम्बन्धित भूमिकामा नै फकिर्ने बताएका हुन् । 

राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनको घोषणाले सरोकारवालाहरु आश्चर्यमा परेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहँदा पूर्व कप्तान पारस खड्काले भने धेरै सोच विचार गरेर सन्यासको निधो गरेको बताए । अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।

पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पु-याएको योगदान सबैले मुक्त कण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ । जुन जिज्ञासा बुधबारको भेटघाट कार्यक्रममा खड्का आफैले उत्तर दिए। नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरुको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।

सन्यासको घोषणा गरेका पूर्व कप्तान पारसले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आपूm रहेको बताए । खड्काले सोचे जस्तो व्यवस्थापकिय यात्रा गर्न चुनौति छ । किनकी क्यानको विधानले क्रिकेट करियर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचन भाग लिन पाउने प्राबधान छ । 

प्रतिक्रिया दिनुहोस