‘नयाँ र पुराना नेतृत्व एकताबद्ध भएर शान्ति र स्थिरता कायम संयमित गरौँ’: पारस खड्का

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, ११ : १५
‘नयाँ र पुराना नेतृत्व एकताबद्ध भएर शान्ति र स्थिरता कायम संयमित गरौँ’: पारस खड्का

काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै नेतृत्व एक ठाउँमा आएर देशलाई ठूलो क्षति हुन नदिई शान्ति र स्थिरता कायम गर्न अनुरोध गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै अराजकता र हिंसाले देश नबनाउने उल्लेख गर्दै समाधान नेपालीबिचमै रहेको बताए। खड्काले संयमित र एकताबद्ध भई अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

‘अराजकता, हिंसा र निर्कुन्स्ताले समाज र देश बनाउँदैन। देश नै बाँकी रहेन भने, जो जसले जुन ठाउँमा जे पद वा जिम्मेवारी पाए पनि, हामीलाई धेरै गाह्रो हुने छ यो ढलेको संरचना उठाउन। शान्ति र संयमको प्रतीक भनेर चिनिने हामी नेपाली, हाम्रो यो परिस्थितिले अब सायद हामीलाई गलत पहिचानतिर धकेलिँदै छ।समाधान हामीबीचमै छ, मौका नपाएर,नदिएको हो । अब सायद चेतना भएसँगै सबै नयाँ पुराना पुस्ताको सच्चम् नेतृत्वले परिवर्तन ल्याउन सुधारिएको व्यवस्थित प्रबन्ध अनि जिम्मेवारी बोक्नु पर्ने छ हामी उहाँहरूलाई सहयोग र समर्थन गरौँ।

 देशमा अमूल परिवर्तनको उद्देश्यका साथ हिँड्नु भएका नयाँ र पुराना नेतृत्व सबैलाई आग्रह-सबै जना एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली देशमा ठूलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सबैलाई सहयोगको अनुरोध गर्दछु  संयमित बनौँ,एकताबद्ध हौ ।’ उनले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस