पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, ०७ : ५७
पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको निर्णय लिएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिने घोषणा गरेका हुन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।

उनी नेपाली क्रिकेटका एक सफल खेलाडी तथा कप्तान मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस