काठमाडौं । बाँकेको सीमा क्षेत्रमा प्रहरीसँग बार्गेनिङ गरेर रकम असुल गर्न खोज्ने एक जना अनलाइन सञ्चालकसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।
आफूलाई एबीपी क्राइम न्युजको संवाददाताका रूपमा चिनाउने राजन वैश्यलाई प्रहरीसँग एक लाख ६० हजार रुपियाँ माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो। वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई नेपालगञ्जस्थित होटलमा बोलाएर सर्वसाधारणसँग पैसा लिइरहेको भिडियो आफूसँग रहेको भन्दै एक लाख ६० हजार रुपियाँ माग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई ब्ल्याकमेलिङ गर्न खोजेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले अनलाइनका सञ्चालक आशिष मल्ल ठकुरीलाई समेत पक्राउ गरेको छ। विवादित छविका मल्ल यसअघि युवालाई प्रहरी बनाइदिने भन्दै रकम लिएको अभियोगमा पक्राउ परेका थिए। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ साउन २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)