चीन । चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको अधिकारीहरुले जनाएका छन् । यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको छ ।
जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो फेब्रुअरीदेखि जुनसम्मको अवधिमा भेटिएका संक्रमितको संख्या बराबरजस्तै हो ।
‘अहिले फैलिरहेको डेल्टा भेरिएन्ट हो । यसले भाइरसको रोकथाम र नियन्त्रणमा ठूलो चुनौती खडा गरेको छ,’ राष्ट्रिय स्वास्थ कमिसन (एनएचसी) का प्रवक्ता मि फेन्गले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने ।
यसअघि शनिबार मात्रै विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले डेल्टा भेरियन्टको नियन्त्रणका लागि विश्वभरका सरकारहरुलाई सजग रहन आग्रह गरेको थियो । अन्यथा, यो भयावह बन्नसक्ने खतरा पनि डब्ल्युएचओले औल्याएको थियो ।
भारतमा पहिलोपटक देखिएको डेल्टा भेरियन्ट अहिले विश्वका १ सय ३२ देशमा फैलिसकेको छ । ‘डेल्टाले खतराको घण्टी बजाइरहेको छ । यसले भाइरस परिवर्तित भइरहेको संकेत गर्छ र यो नै ठोस कदम चाल्नुपर्ने समय पनि हो । अन्यथा भाइरस भयावह रुपमा फैलनसक्छ,’ डब्ल्युएचओका इमर्जेन्सिज डाइरेक्टर माइकल रायनले पत्रकार सम्मेलनमा भनेका थिए ।
नान्जिङ क्लस्टर
सुरुवातमा कोरोना भाइरसको रोकथाममा चीन सफल देखिएको थियो । त्यसयता, धेरै महिनापछि अहिले फेरि चिनियाँ सीमाभित्र स्थानीयस्तरमा भाइरसको संक्रमण देखिएको हो । देशभर देखिएका कुल संक्रमणमध्ये २ सय ६० जना संक्रमित पूर्वी जियान्सु प्रान्तस्थित नान्जिङ शहर आसपासका छन् । यहाँ २० जुलाईमा विमानस्थलमा काम गर्ने नौ जना सरसफाई कर्मचारीहरुमा संक्रमण देखिएको थियो ।
नान्जिङको कुल ९२ लाख जनसंख्याले दुईपटक कोरोना परीक्षण गरिसकेको छ । तर, संक्रमणको भय देखिएपनि फेरि यो प्रान्तका धेरै इलाका र त्यसमा बस्ने हजारौं मानिस लकडाउनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ साउन २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमा भारी वर्षासँगै आँधीबेहरी आउने अनुमान, मौसम विज्ञान केन्द्रले भन्यो– सावधानी अपनाउनू
देव गुरुङको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा
चीनले श्रीलङ्कालाई दिने सहयोग जारी राख्ने
सीमा क्षेत्रमा तनाब कम गर्न भारत-चीन सहमत
चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत वृद्धि
चीनमाथि बेलायतले लगायो साइबर हमलाको आरोप