काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकी छन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन् ।
अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन् ।
उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिए । मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय घाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ साउन २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल
देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : पम्फा भुसाल
पार्टीले गरेका कामबारे जनतालाई बुझाउनेछौँः उपाध्यक्ष भुसाल
माओवादी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली तिन बजे दिल्ली जाँदै
बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता छ : पम्फा भुसाल