काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट सांसद भएर लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका तीन जनालाई अनुशासनको कारबाही गर्ने निर्णय गरको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए ।
उनीहरुलाई प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो । पार्टीलाई जवाफ नदिएका कारण पार्टीको विधानअनुसार उनीहरुलाई निष्काशन गरिएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता