काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट सांसद भएर लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका तीन जनालाई अनुशासनको कारबाही गर्ने निर्णय गरको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले बताए ।
उनीहरुलाई प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो । पार्टीलाई जवाफ नदिएका कारण पार्टीको विधानअनुसार उनीहरुलाई निष्काशन गरिएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै