काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कोही उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएको छ । आज निर्वाचन आयोगमा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपनि त्यसको अर्थ नहुने ठाकुर पक्षको भनाइ छ ।
ठाकुर पक्षीय नेता जितेन्द्र सोनलले आफूहरुले आयोगको निर्णयअनुसार निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएको तर त्यसमा आफूहरुको विमति रहेकाले सर्वोच्चमा मुद्दा दिएको बताए ।
सर्वोच्चले आइतबार दुबै पक्षलाई साउन १५ गतेको लागि छलफलमा बोलाएकाले त्यसपछि मात्रै एउटा निष्कर्ष निस्कने उनको भनाइ छ ।
‘हामीले आज सनाखत गर्यौँ । भोलि कसको पक्षमा रिजल्ट आउँछ त्यो पछिको कुरा हो’, उनले भने, ‘अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ । त्यसको छलफलबाट के निष्कर्ष निस्कन्छ, त्यही हुने हो अहिले कोही उत्साहित हुन जरुरी छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै