जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०८२, १३ : ३६
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ ।  जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको हो ।

शनिबार मध्यान्हदेखि सुरु भएको बैठकमा सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकबारे केन्द्रित रहने बताइएको छ । साथै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस