काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि संसदीय दललाई निर्देशन दिएको मनिष कुमार सुमनले जानकारी दिए ।
उनका अनुसार, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर संसदीय दललाई पनि सोही अनुसार निर्देशन दिइसकेको छ ।
प्रतिनिधिसभामा जसपा नेपालका तीन सांसद छन् । यसअघि पार्टीले वर्तमान सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकालेको थियो ।
वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै पार्टीले समर्थनबारे पुनर्विचार गर्न निर्देश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश