निर्वाचन आयोगमा पुगे जसपाका नेता, हेड काउण्ट सुरु

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, ११ : ४५
निर्वाचन आयोगमा पुगे जसपाका नेता, हेड काउण्ट सुरु

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन् ।

CG Developers Tansen Cement box

हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठाकुर पक्षका केही सांसद पनि निर्वाचन आयोगमा पुगेका छन् ।

आयोगमा जानुअघि ठाकुर पक्षको बैठक सोमबार बिहान बबरमहलमा बसेको थियो । सो बैठकले हेड काउन्टबारे आयोगले गरेको निर्णयको बिरोध गरेको छ । उनीहरुले यसविरुद्ध आयोगमा निवेदन दिने भनिएपनि ठोस निर्णय भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस