नेपालका १५ वटा बैंकको सिस्टर ह्याक गरि रकम चोर्ने ह्याकरले फोन र ईमेल गर्दै दिए चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १० : ४६
नेपालका १५ वटा बैंकको सिस्टर ह्याक गरि रकम चोर्ने ह्याकरले फोन र ईमेल गर्दै दिए चेतावनी

काठमाडौं । ह्याकरले नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंक, कुमारी बैंक, इन्भेष्टमेन्ट बैक, नबिल बैंक, हिमालयन बैंक लगायतका बैंकहरुमा ह्याक गरि रकम चोर्ने ति ह्याकरले दाबी गरेका थिए ।

बैंकका उच्च अधिकारीहरूले आफूहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल गरेर सिस्टम ह्याक गर्ने र पैसा निकाल्ने चेतावनी दिइएको बताएका हुन् । ह्याकरले बुधबार पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन् ।

यस्तै इमेल आफूलाई पनि आएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिएका छन्। उनीहरुका अनुसार ह्याकरले अपिरिचित फोन नम्बर र ईमेल गर्दै सो चेतावनी दिएका थिए ।