काठमाडौं । ह्याकरले नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंक, कुमारी बैंक, इन्भेष्टमेन्ट बैक, नबिल बैंक, हिमालयन बैंक लगायतका बैंकहरुमा ह्याक गरि रकम चोर्ने ति ह्याकरले दाबी गरेका थिए ।
बैंकका उच्च अधिकारीहरूले आफूहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल गरेर सिस्टम ह्याक गर्ने र पैसा निकाल्ने चेतावनी दिइएको बताएका हुन् । ह्याकरले बुधबार पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन् ।
यस्तै इमेल आफूलाई पनि आएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिएका छन्। उनीहरुका अनुसार ह्याकरले अपिरिचित फोन नम्बर र ईमेल गर्दै सो चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर