काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक आज करिब ३ हजार विन्दुको नजिक पुगेको छ । ९७.२१ अंकले बढ्दै नेप्से २९८०.६१ विन्दुमा पुगेको हो । कारोबार रकममा पनि एक महिनापछि १० अर्ब नाघेको छ ।
आज २ करोड ८८ लाख ६३ हजार ९३ कित्ताको सेयर किनबेचमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रूपैयाँ कारोबार भयो ।असार मसान्तसम्म बैंकको ब्याज तिर्नुपर्ने कारण र धितोपत्र बोर्डले गत असार १ गते ५१ वटा कम्पनीलाई जोखिम भन्दै कम्पनीको नामसहित सूची प्रकाशित गरेपछि ३ हजार नाघेको नेप्से पुनः आरोलो लागेको थियो । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई नीतिगत नियममा नबाँध्ने बताएका थिए ।
आज हिमालय पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो लिमिटेड, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर र समृद्धि फाइनान्स कम्पनीको सकारात्मक सर्किट लागेको छ । यसैगरी, मञ्जुश्री फाइनान्स कम्पनीको ४० करोड, नबिल बैंकको ३८ करोड बराबरको कारोबार भयो ।
आज उपसूचक समूहका सबै सूचकमा हरियाली छाएको छ ।सबैभन्दा धेरै आज विकास बैंकको उपसूचक ५.०५ प्रतिशतले बढ्यो । त्यसैगरी, बैंकिङ समूहको पनि ४.७१ प्रतिशतले सेयर बढ्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा