काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको लागि कोइराला परिवारको रस्साकस्सी चलिरहेको छ । संस्थापन इतरको उम्मेदवार टुंगो लाग्न नसकिरहेका बेला तीन कोइरालाबीच कांग्रेस सभापतिको उम्मेदवार को बन्ने भन्ने विषयमा रस्साकस्सी चलिरहेको छ । तीन जनाले सभापतिमा दावेदार गरिरहेका छन् । उनीहरुले सुजाताको निवासमा भएको लञ्च मिटिङमा यस्तो दावी गरेका हुन् ।
कांग्रेसमा पारिवारिक विरासतमा रुपमा लिइने कोइराला परिवारका नेतात्रय महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले सभापतिमा दावेदार गरिरहेका छन् । सभापतिका दाबेदार शशांक र शेखरले आफूलाई सहयोग गर्न एकअर्कासँग आग्रह गरेका छन् । सुजाता कोइरालाले पनि दुई दाजुभाइले आफूले सहयोग गरे सभापतिमा दावी गर्ने बताइरहेकी छन् ।
डा शंशाकले शेरबहादुर देउवालाई हराउन सक्ने आफूमात्र एक्लो उम्मेदवार रहेको बताएका छन् । डा शेखर कोइरालाले आफू १३ औँ महाधिवेसनदेखि नै सभापतिको लागि उम्मेदवार बन्ने गरी वातावरण बनाएको बताए । उनले सुजाता र शंशाकसँग उमेरको कारण पनि यस पटक आफू नै सभापति उठ्नुपर्ने बताए । उनले अर्को महाधिवेसनसम्म आफ्नो उमेर ढल्कने बताएका थिए ।
छलफलमा केन्द्रीय सदस्य सुजाताले भने संस्थापनइतर समूहमा सहमतिमा उम्मेदवार तय गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले तेस्रो समूहका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समेत छलफल गरेर अगाडि बढ्नुपर्ने मत राखेकी छन् । केन्द्रीय सदस्य सुजाताले १४ असारमा बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई आफ्नै निवासमा बोलाएर मिलेर महाधिवेशनमा जान आग्रह गरेकी थिइन् । सहभागी एक नेताका अनुसार शशांक र शेखरले सहजै एकअर्कालाई सहयोग गर्ने अवस्था देखिँदैन । सभापतिमा दुबैको दावी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
कांग्रेसको पार्टी कमिटिलाई अर्काे परिपत्र : स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा बहाल जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु