काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको लागि कोइराला परिवारको रस्साकस्सी चलिरहेको छ । संस्थापन इतरको उम्मेदवार टुंगो लाग्न नसकिरहेका बेला तीन कोइरालाबीच कांग्रेस सभापतिको उम्मेदवार को बन्ने भन्ने विषयमा रस्साकस्सी चलिरहेको छ । तीन जनाले सभापतिमा दावेदार गरिरहेका छन् । उनीहरुले सुजाताको निवासमा भएको लञ्च मिटिङमा यस्तो दावी गरेका हुन् ।
कांग्रेसमा पारिवारिक विरासतमा रुपमा लिइने कोइराला परिवारका नेतात्रय महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले सभापतिमा दावेदार गरिरहेका छन् । सभापतिका दाबेदार शशांक र शेखरले आफूलाई सहयोग गर्न एकअर्कासँग आग्रह गरेका छन् । सुजाता कोइरालाले पनि दुई दाजुभाइले आफूले सहयोग गरे सभापतिमा दावी गर्ने बताइरहेकी छन् ।
डा शंशाकले शेरबहादुर देउवालाई हराउन सक्ने आफूमात्र एक्लो उम्मेदवार रहेको बताएका छन् । डा शेखर कोइरालाले आफू १३ औँ महाधिवेसनदेखि नै सभापतिको लागि उम्मेदवार बन्ने गरी वातावरण बनाएको बताए । उनले सुजाता र शंशाकसँग उमेरको कारण पनि यस पटक आफू नै सभापति उठ्नुपर्ने बताए । उनले अर्को महाधिवेसनसम्म आफ्नो उमेर ढल्कने बताएका थिए ।
छलफलमा केन्द्रीय सदस्य सुजाताले भने संस्थापनइतर समूहमा सहमतिमा उम्मेदवार तय गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले तेस्रो समूहका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समेत छलफल गरेर अगाडि बढ्नुपर्ने मत राखेकी छन् । केन्द्रीय सदस्य सुजाताले १४ असारमा बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई आफ्नै निवासमा बोलाएर मिलेर महाधिवेशनमा जान आग्रह गरेकी थिइन् । सहभागी एक नेताका अनुसार शशांक र शेखरले सहजै एकअर्कालाई सहयोग गर्ने अवस्था देखिँदैन । सभापतिमा दुबैको दावी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बहिष्कार गर्यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै