काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाएका छन् ।केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्ने भएको हो ।
शुक्रवार देउवा पक्षकै मोहन बस्नेत समर्थकले घिमिरेमाथि कुटपिट गरेका थिए । पदाधिकारी बैठकमा महाधिवेशन तयारीका विषयमा समेत छलफल हुनेछ ।
यसैबीच प्रधानमन्त्री देउवाले संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक आइतवार अपरान्ह २ बजे बस्ने गरि बोलाएका छन् ।आइतवार सर्वोच्च अदालतको परमादेश बमोजिम संसद अधिवेशन सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको बैठक जारी
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै
एमाले संसदीय दलको बैठक जारी
बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
कांग्रेस संसदीय दलको बैठक सुरु