काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल गरेका छन् ।
ओली निवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको हो । ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका हुन्। ओलीसँग छोटो समय मात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ।
सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोणमा पनि दुवै पक्षबीच समानता रहेको जसपा नेताहरूले बताएका छन्। जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ। जसपाको अर्को समुह उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि