काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल गरेका छन् ।
ओली निवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको हो । ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका हुन्। ओलीसँग छोटो समय मात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ।
सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोणमा पनि दुवै पक्षबीच समानता रहेको जसपा नेताहरूले बताएका छन्। जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ। जसपाको अर्को समुह उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'
मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन: ओली