काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गतेभित्र थप ३२ लाख मात्रा खोप नेपाल आउने बताएको छ । त्यसपछि पनि निरन्तर खोपहरु आउने भन्दै मन्त्रालयले संयमित भइ खोप अभियान सफल बनाउन सहयोग गर्न सबै नेपालीप्रति अनुरोध गरेको छ ।
मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा कोरोना संक्रमणबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ । यसका लागि आवश्यक पर्ने सबै खोपहरुको व्यवस्थापन भइरहेको मन्त्रालयको भनाइ छ ।
पछिल्लो समय प्राप्त सबै खोपहरु जिल्लाहरुमा पुसिकेको र केही जिल्लाहरुबाट भरोसेल खोप अभियान सुरु गरी अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी प्राप्त भएपनि ती स्थानमा खोप अभियान आइतबारबाटै सुरु हुने पनि मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन