काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गतेभित्र थप ३२ लाख मात्रा खोप नेपाल आउने बताएको छ । त्यसपछि पनि निरन्तर खोपहरु आउने भन्दै मन्त्रालयले संयमित भइ खोप अभियान सफल बनाउन सहयोग गर्न सबै नेपालीप्रति अनुरोध गरेको छ ।
मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा कोरोना संक्रमणबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ । यसका लागि आवश्यक पर्ने सबै खोपहरुको व्यवस्थापन भइरहेको मन्त्रालयको भनाइ छ ।
पछिल्लो समय प्राप्त सबै खोपहरु जिल्लाहरुमा पुसिकेको र केही जिल्लाहरुबाट भरोसेल खोप अभियान सुरु गरी अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी प्राप्त भएपनि ती स्थानमा खोप अभियान आइतबारबाटै सुरु हुने पनि मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन